शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस संगठन लुम्विनी प्रदेशमा पनि प्रचण्ड-नेपालकै वर्चस्व

बिहीबार, १५ माघ २०७७, १८ : ५३
बिहीबार, १५ माघ २०७७

बुटवल । लुम्विनी प्रदेशभरका जिल्लाहरुमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा निकट पत्रकारहरुमा पनि प्रचण्ड माधव  समूहको वर्चस्व देखिएको छ । प्रेस संगठन प्रदेस कमिटी सह संयोजक मानसिंह बिकका अनुसार विभिन्न जिल्लामा गरि ९९ जना प्रेस संगठनमा संगठित सदस्य छन । नेकपा दुई समूहमा विभाजन भएपछि पछिल्लो रिर्पोट अनुसार ५५ जना प्रचण्ड माधव समूहमा रहेका छन् भने ३२ जना ओली समुहमा छन् । थप १२  जना दुवै समुहमा खुलेका छैननन ।

पार्टी एकिकरण हुँदा साविक ५ नम्वर प्रदेश कमिटी गठन गर्दा साविक चौतरीमा ५५ प्रतिशत र साविक प्रेस सेन्टरमा ४५ प्रतिशत आबद्ध थिए ।  जिल्लागत रुपमा हेर्ने हो भने ओली निकट प्रेस संगठनका पत्रकार  अर्घाखाँचीमा बढि देखिएका छन ।

अर्घाखाँचीमा कुल कुल २० जना मध्ये १० जना ओली समूहमा गएका छन् भने ९ जना प्रचण्ड नेपाल समूहमा छन । एक जना तटस्थ बसेका छन् । त्यहाँ संयोजक र सह संयोजक दुबै ओली समूहमा गएका छन । गुल्मीमा कुल १६ मध्ये प्रचण्ड समूहमा सह संयोजकसहित प्रचण्ड नेपाल पक्षमा ९ जना उभिएका छन भने ओली समुहमा ५ जना र २ जना तटस्थ देखिएका छन् ।

पाल्पामा २३ जना मध्ये प्रचण्ड नेपाल पक्षमा संयोजक र सहसंयोजकसहित १७ जना उभिएका छन भने ओली पक्षमा ५ जना मात्रै खुलेका छन । नवलपरासीमा कुल १९ जनामा संयोजक र सहसंयोजक सहित ९ जना प्रचण्ड नेपाल समूहमा र ७ जना ओली समुहमा उभिएका छन् ।

रुपन्देहीमा २५ सदस्यी कमिटीमा १२ जना प्रचण्ड नेपाल समूहमा र ११ जना ओली समुहमा र  २ जना  तटस्थ छन् । कपिलवस्तुमा १७ जना मध्ये संयोजक र सहसंयोजक सहित १५ जना प्रचण्ड नेपाल समूहमा र २ जना ओली समूहमा खुलेका छन् ।

प्युठानमा २८ जना मध्ये  ३५ जना मध्ये  १२ जना प्रचण्ड नेपाल समूहमा र सह संयोजकसहित ११ जना ओली समूहमा रहका छन् भने संयोजकसहित ११ जना तटस्थ बसेका छन् । दाङ्गमा ३९ जना मध्ये संयोजकसहित २२ जना प्रचण्ड नेपाल समूहमा उभिएका छन् भने सहसंयोजकसहित ओली समूहमा १५ जना खुलेका छन ।

३ जना तटस्थ छन् । बाँकेमा २२ जना मध्ये संयोजक र सहसंयोजक सहित १३ जना प्रचण्ड नेपाल समूहमा उभिएका छन् भने ५ जना ओली समुहमा र ४ जना कतै खुलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप