शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घर भत्काउने क्रममा च्यापिएर मृत्यु

बिहीबार, १५ माघ २०७७, १८ : ४७
बिहीबार, १५ माघ २०७७

पोखरा । पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ पट्नेरीमा तारा थापा मगरको घर भत्काउने क्रममा ब्लकको ढिस्कोले लाग्दा ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको हो ।

घर भत्काउने कार्यमा खटिएका उनलाई ब्लकको ढिस्को खसेर च्यापेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका आचार्यलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप