बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युट्युबरको एक हुलले वैदेशिक रोजगार विभागका महानिर्देशकलाई घेरेपछि... (भिडियो सहित)

बिहीबार, १५ माघ २०७७, १८ : ४२
बिहीबार, १५ माघ २०७७

काठमाडौं । बिहीबार दिउँसो साढे ३ बजे वैदेशिक रोजगार विभागको कार्यकक्षमा एउटा हुल प्रवेश गर्यो । महानिर्देशक कुमार दाहालको कार्यकक्षमा क्यामेरा बोकेका करिब डेढ दर्जन युट्युबर प्रवेश गरेका थिए । आफूलाई सामाजिक अभियन्ता बताउने हेमराज थापाको नेतृत्वमा सो हुल विभागमा प्रवेश गरेको थियो । थापा बाहेक अरुले चाहिँ आफूलाई पत्रकार भन्ने परिचय दिइरहेका थिए । 

सुरुमा थापाले आफूलाई वैदेशिक रोजगारीमा गएकाहरु गुनासो गर्दै आफूकहाँ आएको भन्दै विभाग के हेरेर बसेको छ भनेर प्रश्न गरे । उनले पीडित को हो त्यसबारे विभागलाई स–प्रमाण जानकारी दिए, आफू कसैलाई पनि कारबाही गर्नबाट पछि नपर्ने बताए । तर, क्यामेरा बोकेकाहरुले विभागमा आएर केही काम नगरेको भन्दै महानिर्देशक दाहाललाई कुर्सीबाट थुतेर फाल्ने चेतावनी दिए । 

युटुवरहरुले आफूसँग वैदेशिक रोजगारीमा ठगिएका पीडित र एक–एक प्रमाण आफूहरुसँग रहेको बताएका थिए । तर हुलमै सहभागी एक जनाले आफू वैदेशिक रोजगारीबाट ठगिएको पीडित बताए पनि आफूसँग म्यानपावर व्यवसायीलाई पैसा दिएको कुनै प्रमाण नभएको उनले बताएका थिए । 

युट्युबरको हुल प्रवेश गर्नुभन्दा केही समयअघि मात्रै रातोपाटीसँगको अन्तवार्ता सकेका दाहाल आफैं भने वैदेशिक रोजगारीको क्षेत्र व्यवसाय नभएर तस्करी जस्तो भएको गुनासो गरिरहेका थिए । विभागले कारबाही गरेको एसओएस म्यानपावरलाई श्रममन्त्री गौरीशंकर चौधरीको ठाडो आदेशमा कारबाही फुकुवा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप