शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्फिनिक्सले लन्च गर्यो गेम चेन्जर ‘नोट ८ आइर्’ स्मार्टफोन

बिहीबार, १५ माघ २०७७, १८ : ३८
बिहीबार, १५ माघ २०७७

काठमाडौं । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई जम्मा रु. २१,४१० मा अविश्वसनीय गेमिङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आइ लिएर आएको छ ।  ग्राहकहरूले इन्फिनिक्स नोट ८ आई १५ माघ (२८ जनवरी) देखि दराज मार्फत प्रिबुक गर्न सक्नेछन् ।

अक्टाकोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ं५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८ इन्फिनिटी ओ डिस्प्ले, ६ जीबी र्याम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड क्यामेरा सेटअप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ इन्फिनिक्स नोट आईले प्रयोगकर्ताहरुलाई एक उत्तम र किफायती स्मार्टफोन प्रदान गर्दछ । 

यसको जी ८० प्रोसेसरले फोनको भारी प्रयोग गर्दा पनि एकदमै दुरुस्त रेस्पन्स टाइम र ल्याग बिनाको अनुभव प्रदान गर्दछ । साथै मेडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजीले लगातार विद्युत खपत, तापक्रम, र प्रयोगको ढाँचा मापन गर्ने भएकोले सीपीयु, जीपीयु र रामको व्यवस्थापनमा मद्दत गर्दछ र भारी प्रयोगको अवस्थामा पनि प्रयोगकर्तालाइ सकेसम्म सहज अनुभव प्रदान गर्ने सुनिश्चित गर्दछ । 

यसका साथै यसको वैज्ञानिक डिजाइन र बलियो बडी, र अल्ट्रानाइट भिजन भएको ४८ एमपीको क्वाड क्यामेरा सेटपले रातमा पनि सुन्दर तस्बिरहरू र हाइ रेजोलुसन भिडियोहरू खिच्न सम्भव बनाउँदछ । साथै, यसको पावर म्याराथन सुविधा, र ठूलो ब्याट्रीले, प्रयोगकर्ताहरूलाई लामो समय सम्म फोन प्रयोग गर्न मिल्ने र बारम्बार रिचार्ज गर्नुपर्ने समस्याबाट छुट्कारा दिलाई दिन्छ । 

र यी सबै सुविधाहरु २२००० भन्दा कमको मूल्यमा पाइनेछ । यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान गर्दैन । त्यसैले इन्फिनिक्स नोट ८ आईलाई ‘गेम चेन्जर’ फोन भनिन्छ । 

यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो किफायती मूल्यमा एकदमै सुलभ स्मार्टफोन खरिद गर्न चाहन्छन् । र अब १५ माघ (२८ जनवरी) देखि रु. २१,४९० को मूल्यमा केवल दराज अनलाइन शपिङ्ग मार्फत यस स्मार्टफोन प्रि–बुकिङ्ग गर्न उपलब्ध हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप