बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन माग
बिहीबार, १५ माघ २०७७, १८ : ३०
काठमाडौं । भारतको ईन्प्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ को एक वर्षे कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ ।
स्वास्थ्य सेवाको स्थायी दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरूले ३ दिन भित्र अर्थात माघ १५ देखि १७ गतेसम्म निवेदन दिन सूचना जारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको सूचनामा फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने उल्लेख गरिएको छ ।
तीन दिनको अवधिमा निवेदन दिएका मध्येबाट१ जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनोट गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान