परराष्ट्रमन्त्रीद्वारा अमेरिकी समकक्षीलाई बधाई

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालको सामाजिक–आर्थिक विकासका निम्ति अमेरिकाले गरेको सहयोगको सराहना गर्दै उनले सन्देशमा बहुपक्षीयतासहितको नयाँ अमेरिकी नीतिमा दिइएको उच्च महत्वले पारस्परिक सहयोगको मार्गलाई थप विस्तार गर्ने बताएका छन् । कोभिड–१९ को महामारीका सन्दर्भमा विश्व स्वास्थ्य, जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत साझा हितका विषयमा अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपाल सरकारको प्रतिबद्धता मन्त्री ज्ञवालीले सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले विकास साझेदारी, आर्थिक सहकार्य र दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धिका निम्ति पनि सन्देशमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने