शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’, चारपाङ्ग्रेको खरिद गर्नेलाई यस्तो छ अफर

बिहीबार, १५ माघ २०७७, १५ : ४९
बिहीबार, १५ माघ २०७७

काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपाङ्ग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन । 

‘सुपर स्याटरडे’मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेञ्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेलअनुसार पाउनुहुनेछ । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागु हुनेछ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेञ्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप