गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने

काठमाडौं । काठमाडौँको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो । बिहीबार सनराइज बैंक लिमिटेडले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ ।
उक्त ट्राफिक लाइट गैह्रिधारा चोकमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए । अबको शहर ट्राफिक प्रहरीले हात हल्लाएर मात्रै नचल्ने भन्दै उनले आगामी दिनमा महानगरलाई सभ्य सहर बनाउन प्रविधिको प्रयोगलाई बढाउने बताए । ट्राफिक लाइटले गैह्रिधारा चोकलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उनले विश्वास व्यक्त गरे ।
सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताए । यसले ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने शर्माको भनाई छ । पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?