बेइजिङमा घर बाहिर ननिस्किन आग्रह

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन् ।
हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।
तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।
चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।
।
चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् ।यहाँका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन
-
रौतहटको चाँदी खोलामा बालकको शव फेला
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?