शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालयको अवहेलनासम्बन्धी मुद्दामा डा.दिनेश त्रिपाठीको पूरक निवेदन

बिहीबार, १५ माघ २०७७, १४ : १०
बिहीबार, १५ माघ २०७७

काठमाडौं । न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा सर्वोच्च अदालतमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् ।  बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा अवहेलनासम्बन्धी विभिन्न रिट निवेदनको सुनुवाइ भइरहेको छ । सोही क्रममा त्रिपाठीले सर्वोच्च अदालतको नियमावलीको नियम ४७ अनुसार बिहीबार नै पूरक निवेदन दिएका हुन् ।

प्राज्ञिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मानहानी भन्न नमिल्ने तर्कसहित उनले निवेदन दिएका हुन् । सो विषयमा आफ्नो पनि सरोकार रहेको भन्दै उनले सुनुवाईमा सरिक हुन पाउँ भन्दै निवेदन दिएका हुन् ।  त्रिपाठीले चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलनासम्बन्धी रिटका सन्दर्भमा चासो राखेका हुन् । सोही इजलासमा प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध दायर अवहेलना तथा मानहानीको मुद्दा पनि सुनुवाई भइरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप