बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शालीनदीमा डिजिटल ‘क्यूआर कोर्ड’ मार्फत भक्तजनले दान गर्न सक्ने

बिहीबार, १५ माघ २०७७, १४ : ०५
बिहीबार, १५ माघ २०७७

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल शालीनदीमा अब डिजिटल ‘क्यूआर कोर्ड’ माध्यम भेटी दान गर्न सकिने भएको छ । माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्षको मेलालाई लक्षित गर्दै धार्मिकस्थलमा डिजिटल दान प्रणालीको व्यवस्था गरेको हो ।

समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा धार्मिकस्थल परिसरमा डिजिटल, क्यूआर कोर्ड स्क्यानरको व्यवस्था गरेको छ । ईसेवासँगको सहकार्यमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले समितिलाई उक्त क्युआर कोड उपलब्ध गराएको हो । 

उक्त कोर्ड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट समितिमा सहयोग गर्न सकिने संस्थाले जनाएको छ । योसँगै अब समितिलाई आर्थिक सहयोग गर्न चाहने जो कोहीँ भक्तजनले डिजिटल माध्यमबाट सहयोग रकम भूक्तानी गर्न सक्ने भएका छन् । 

त्यसो त आयोजक समितिले समेत सहयोग गर्न चाहने ब्रतालु भक्तजनहरुलाई नगद भन्दा डिजिटल माध्यमबाटै सहयोग गर्न अनुरोध गरेको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने सालीनदी मेलाको आज विधिवत रुपमा शुरुवात भएको छ । यद्यपी हरेक वर्ष अयोजना आयोजना गर्दै आएको मेला यस वर्ष भने कोभिड–१९ का कारण निश्चित केहीँ मापदण्ड र कार्यविधि बनाएर सञ्चालन गर्न लागिएको मेला आयोजक समितिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप