शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेनानका वरिष्ठ राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ

बिहीबार, १५ माघ २०७७, १३ : १४
बिहीबार, १५ माघ २०७७

बेइजिङ । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।  चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो । 

जनपरिषदका अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घुसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो । 

वाङलाई यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निश्कासन गरिएको र पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा जिम्मेवारीबाट हटाइसकिएको छ ।  उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषदले बताएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप