बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आमिरभन्दा पहिले रवि किसन बने गुरु ओशो रजनिश

बिहीबार, १५ माघ २०७७, १२ : ५९
बिहीबार, १५ माघ २०७७

मुम्बई । आध्यात्मिक गुरु ओशो रजनिशमा आधारित रहेर फिल्म बन्ने चर्चा बलिउडमा केही पहिले नै थियो ।  निर्देशक शकुन बत्रा यो फिल्म निर्माण प्लानिङमा थिए । करण जौहरको निर्माण रहने फिल्ममा आमिर खान र आलिया भट्टको अभिनय रहने चर्चा समेत थियो  । फिल्मको आधिकारिक घोषणा भने भएको थिएन ।

अब आमिर अगाडि रवि किसनले फिल्ममा ओशो रजनिशको भूमिका निर्वाह गरेका छन् । वेलजी भाई गालाको निर्माण रहेको फिल्म ‘सिक्रेट्स अफ लव’ मा रवि रजनिशको भूमिकामा देखिन लागेका हुन् । ‘बिगत ३० बर्षदेखि म ओशोको सन्यासी हुँ’ निर्माता वेलजीभाईले भने–‘म उनको कहानी छिटो भन्दा छिटो मानिससँग पुर्याउन चाहान्छु ।’ आफुले ओशोका प्रवचन सुनेको र बताइएको मेडिटेशन गरेकोले उनका बारेमा फिल्म बनाउन गाह्रो नभएको वेलजीभाईको भनाई रहेको छ । 

उनले थपे ‘मेरो विचारमा ओशो यो शताब्दी’ को बेस्ट मानिस हुन् । गत वर्षनै यो फिल्म रिलिज गर्ने योजना निर्माण युनिटको रहेको थियो । लकडाउनको कारणले योजना चेन्ज गरिएको थियो । अब फिल्म २०२१ को अप्रिलमा रिलिज हुनेछ । फिल्मको सुटिङ काशी, गुजरात, गोवा, जवलपुर र मुम्बईमा गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप