शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा थ्रेटपछि बिक्न छाड्यो साओमी ब्राण्ड, बजार हिस्सा निरन्तर घट्दै

गोप्य डाटा समेत बाहिरियो, गुगल सेवा पनि बन्द हुनसक्ने !
बिहीबार, १५ माघ २०७७, १२ : ४६
बिहीबार, १५ माघ २०७७

काठमाडौं । सूचना दुरुपयोगको आरोप लागेपछि विश्व बजारमा साओमी ब्राण्डका स्मार्टफोनहरुको बिक्री ह्वात्तै घटेको छ । प्रयोगकर्तामा सुरक्षा थ्रेट देखिएको भन्दै अमेरिकामा प्रतिबन्ध लगाइएसँगै विश्कै तेस्रो बजारहिस्सा भएको साओमीको बजारहिस्सा गुम्न थालेको हो । प्रतिबन्ध लगाइएको अमेरिकाको कारणले मात्रै नभएर युरोप र एशियाली मुलुकहरुमा समेत यो ब्राण्डको बिक्री घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

अमेरिकी रक्षा विभागले साओमी ब्राण्डलाई चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेको ब्राण्डको रुपमा सूचीकृत गरेको हो । यो सहित अहिले त्यस्तो सूचीमा ९ वटा चिनियाँ ब्राण्ड छन् जसलाई अहिले अमेरिकी बजारमा प्रतिबन्धित गरिएको छ । ती ब्राण्डहरुले प्रयोगकर्ताको निजी सूचना चीन सरकारलाई गोप्य रुपमा चिनियाँ सेनालाई दिइने गरेको आरोप अमेरिकाले लगाएको छ । 

अहिले विश्वको स्मार्टफोन बजारमा सामसङको हिस्सा सबैभन्दा बढी छ । अमेरिकी एप्पल ब्राण्ड दोस्रो स्थानमा रहँदा चिनियाँ ब्राण्डको साओमी तेस्रो स्थानमा रहँदै आएको छ । प्रतिबन्धले साओमीको सो स्थानलाई समेत समस्यामा पार्ने आकलन गरिएको छ । यसले चिनियाँ अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।  

बजार इन्टेलिजेन्स फर्म आईडीसीका अनुसार साओमीका लागि यो चिन्ताको बिषय हो । अमेरिकी प्रशासनको यो निर्णयसँगै साओमीले यसअघि कायम गर्न सकेको उसको अग्रणी स्थान छ गुम्छ नै अमेरिकी बजारमा प्रवेश नपाउँदा अन्य धेरै कम्पनीले उसलाई पछि पार्न समेत सक्छन् । पटक पटक सुरक्षा जोखिमको चुनौतीमा समेत फसिसकेको साओमीका लागि नयाँ चुनौतीसँगै अब पुनः आफ्नो बजार पुर्ववत् अवस्थामा कायम राख्न सहज नभएको सिएनएन उल्लेख छ । 

अमेरिकी निर्णय कार्यान्वयनमा आएपछि साओमीका फोनमा गुगल सेवा समेत बन्द हुने अवस्था देखिएको छ । यस्तो भएको खण्डमा साओमिका प्रयोगकर्ताको संख्यामा अझै ठूलो गिरावट आउनसक्ने समेत विश्लेषकहरुको अनुमान छ । यो अनुमानसँगै साओमीको सेयर मूल्यमा समेत उच्च गिरावट आएको छ । साओमी हङकङस्थित स्टक एक्सचेञ्जमा सूचीकृत भएको कम्पनी हो ।

यसअघि चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षाको बिषयमा समेत गम्भीर चुनौती देखिएको थियो । उक्त फोन मार्फत् अनाधिकृत रुपमा प्रयोगकर्ताको मोबाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियता माथि प्रश्न उठेको हो । 

विभिन्न अध्ययनहरुले देखाएअनुसार यो फोन साओमी एमआई १०, साओमी रिडमी के २०, साओमी मिक्स थ्रि लगायतका फोनमा यस किसिमका समस्या बढी देखिएको अर्को विश्वप्रसिद्ध पत्रिका फोब्र्सले जनाएको छ । 
साओमी फोनका विभिन्न प्रयोगकर्ताको पोर्न भिडियो हेरेको डाटा बाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएको थियो । उक्त घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य ह्रास आउने विश्लेषण अध्ययनको छ । साइवर सुरक्षासम्बन्धी अनुसन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङ्क तथा ब्राउजरहरु पठाएको देखाएको छ । यसले लाखौं प्रयोगकर्ताको गोपनियता भंग हुने अवस्था उत्पन्न आएको डियरनीलाई उद्घृत गर्दै फोब्र्समा समाचार छापिएको छ । 

साओमी आफैंले पनि त्यस्तो डाटा बाहिरिएको स्वीकार गरिसकेको छ । तर, साओमीले प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो बाहिरिएको दाबी गरेको छ । तर, साओमीको एउटा मात्र नभई धेरै सिरिजका फोनमा यो समस्या देखिएकोले प्रयोगकर्तामा मनोवैज्ञानिक त्रास देखिएको छ । आगामी दिनमा ती बाहिरएका गोप्य डाटाहरुले पार्ने प्रभाव झनै चुनौतीपूर्ण हुने उल्लेख गरिएको छ ।

उक्त फोनको प्रयोगकर्ताका सबै गतिविधि ट्रयाकिङ हुने भएकोले यो झनै खतरनाक कुरा भएको निश्कर्ष अनुसन्धानकर्ताले निकालेका छन् । साओमीसँगको सहकार्यमा यी डाटा जोसुकैले पनि पाउने र प्रयोग गर्नसक्ने देखिएको फोब्र्सको समाचारमा उल्लेख छ । समाचारमा जनाइए अनुसार साओमीका एकजना ग्राहक आफूले बोकेको फोनसेट सहित फोब्र्सको कार्यालय पुगेका थिए । त्यसपछि फोब्र्सले यो विषयमा आफ्नो खोजी कार्य अगाडि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप