हास–परिहासमा विज्ञान

person explore access_timeमाघ १५, २०७७ chat_bubble_outline0

भौतिक विज्ञानको चर्चा होस् अथवा आइन्सटाइनको,  E=MC2 बिना यी दुबैबारे गरिएका  चर्चा व्यर्थ हुन्छन्, सारहीन हुन्छन्।  भनौं यो समीकरण बिना विज्ञानलाई बुझ्नु सम्भव छैन।   

नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनमा अनेकौं साहित्य सृजना गरेजस्तै आइन्सटाइनले आफ्नो जीवनमा अनेकन वैज्ञानिक सिद्धान्त प्रतिपादित गरे, उनलाई  कविलाई दिने महाकविको उपमा झै 'आधुनिक विज्ञानका पिता'को उपमा दिनु अतिश्योक्ति हुन्न  । अहिलेसम्मको विज्ञानको प्रगति उनको सोचकै वरिपरि केन्द्रित रहेर व्योममुखी छ भन्नुमा पनि दुइमत हुन सक्दैन।   महाकवि  लक्ष्मीप्रसादले आफ्नो जीवनकालमा ‘मुनामदन’बाहेक सबै सृजना नष्ट गरे पनि फरक नपर्ने उल्लेख गरेको प्रसङ्ग बहुचर्चित छ । उनलाई पूर्ण विश्वास थियो 'मुनामदन'ले नेपाली जनमानसमा उनको अस्तित्व एवं विलक्षणतालाई अक्षुण्ण राख्नेछ ।

मुनामदनजस्तै यो E=MC2 समीकरण विज्ञान जगतमा आइन्सटाइनको ‘मुनामदन सरह’ कृतित्त्व हो, यसले विज्ञान जगतमा आइन्सटाइनलाई अमर बनाइरहनेछ । आउने २-४ सय वर्षमा पनि यस समीकरणलाई उछिन्ने कोटीको अर्को कुनै समीकरण आउनेमा सहज विश्वास गर्न सकिन्न।  शायद यसका लागि 'प्यारेलाल युनिभर्स', 'टाइम पेराडक्स,' 'एलियन डिस्कभरी,' 'हाइयर डायमेन्सनस'का क्षेत्रमै  'लीप जम्प' नलागे सम्म यस्तो सम्भव हुनु सहज छैन।     

आज हास -परिहासका माध्यमले आइन्सटाइनलाई सम्झिने यस ज्ञानमित्रीय प्रयासमा तपाईँहरूलाई स्वागत ।

E=MC2को वैज्ञानिक विश्लेषणमा त हजारौं अनुसन्धान पत्र (रिसर्च पेपर) एवम् सयौं किताब प्रकाशित छन् । यस समीकरणलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ, ‘सबै वस्तु एनर्जीले बनेका हुन् र सबै वस्तु एनर्जीमा रूपान्तरण हुन्छन् ।’

वस्तुबाट ‘एनर्जी’मा रूपान्तरण प्रक्रियाको साक्ष्य त एटम बम, हाइड्रोजन बम, आणविक विद्युत  आदिका रूपमा हामी सबैका सामु  प्रत्यक्ष प्रमाणित  नै छन् । तर, ‘एनर्जी’बाट वस्तु बनाउने विधि अझै विज्ञानको पहुँचवाट टाढा छ । हुन त केही सेकेन्डको लागि वैज्ञानिकहरूले सूर्यको प्रकाश रोक्ने सफलता प्राप्त गरिसकेका छन् । के थाहा ? आउने दुई–चार सय वर्षमा विज्ञानले ‘आकाशमै सूर्य प्रकाश’बाट सबै वस्तु निर्माण गर्ने प्रविधि विकास गरिदेओस् ।

सैद्धान्तिक विज्ञानमा E=MC2 बुझ्न  अलि जटील नै छ । तर, यस फोटोबाट केही हदसम्म यो समीकरण स्पष्ट हुन्छ । तर यसलाई परिहास कै रूपमा लिने आग्रह गर्दछु।

फोटोमा आइन्सटाइन भनिरहेका छन्– विज्ञानको व्याख्यामा ‘एनर्जी’पछि बुझ्नुहोला, अहिले सामान्य भाषामा बुझ्नुस्, E अर्थात् ‘एनर्जी’  भनेको मेरो 'कफी स्क्वायर' हो।

मैले दुई कप कफी खाएर ‘एनर्जी’ बुझ्ने मात्रै होइन, झन्डै ३०० क्यालोरी ‘एनर्जी’   प्राप्त पनि गर्छु । तपाईँहरू आइन्सटाइन भन्दा के कम ?

यस फोटो अनुसार कफीबाट प्राप्त हुने ‘एनर्जी’लाई आ–आफ्नो सुविधा र माग अनुसार थपघट गर्न सक्नुहुन्छ । कफीमा चिनी र दूधको मात्रा बढाएर एनर्जीको उत्पादनलाई थप-घट गर्न सकिन्छ।

अब कफी एनर्जीमा बदलिन्छ भने तपाईंलाई बुझ्न गाह्रो  हुन्न होला, सबै वस्तु एनर्जीमै रूपान्तरित हुन्छन्।  अहिले पनि बुझ्न  समस्या आयो भने तपाईंले कफी कै सहारा लिनुपर्ने हुन्छ।  त्यो के र कसरी भने यस विषयमा अध्ययन गरिरहेका  कुनै व्यक्तिलाई कफीको निमन्त्रण दिनुस्।  उसले कफी पिउदै तपाईंलाई छर्लङ्ग हुने गरी बुझाई दिन्छ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।