शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुहारको दागबाट छुटकारा पाउन करेलाको रस

बिहीबार, १५ माघ २०७७, ११ : ४६
बिहीबार, १५ माघ २०७७

काठमाडौँ । करेला तितो हुने भएकाले धेरैले यसको तरकारी वा जुस खान मन पराउँदैनन् । तर करेला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको जुस र तरकारी खाँदा शरीरका विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । 

टाउको दुख्ने समस्या 
अत्यधिक टाउको दुखाईको समस्यामा करेलाको सेवन लाभदायी मानिन्छ । टाउको दुखेको समयमा करेलाको पात पिसेर टाउकोमा लगाउँदा दुखाईबाट राहत पाउन सकिन्छ । 

अनुहारको दाग हटाउन 
अनुहारमा आउने दागहरु लामो समयसम्म नहराउँदा विभिन्न उपायहरु अपनाउने गरिन्छ । जसले छालामा कुरुपता ल्याउँछ । यस्तो समस्यामा करेलाको रस र मुलतानी माटो मिसाएर लगाउँदा दाग हट्दै जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप