शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको खुद नाफा १ अर्ब ६१ करोड

बिहीबार, १५ माघ २०७७, ११ : ४१
बिहीबार, १५ माघ २०७७

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ । 

दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । यस्तै यस आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोडले वृद्घि गर्न सफल भएको छ । 

बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्घि भई ३.९५ प्रतिशत र कर्जा तर्फ ४.१९ प्रतिशतबाट वृद्घि भइ ४.४३ प्रतिशत पौष मसान्त सम्ममा पुगेको छ । 
त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको पनि बैंकले जनाएको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ भने पौष मसान्त सम्ममा कूल ३ हजार २३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । 

यस आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकको पूँजी कोष अनुपात १३.६८ प्रतिशत र निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत रहेको पनि बैंकले जनाएको छ । 

एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक ‘द बैंक अफ दि इयर’ बाट सम्मानित भइसकेको छ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप