
वरिष्ठ कला निर्देशक भट्टराई अस्पताल भर्ना

नेपाली फिल्मका वरिष्ठ कला निर्देशक उद्घवराज भट्टराई ‘जुङ्गे’ अस्पताल भर्ना भएका छन् । दमको रोगको समस्याका कारण उनी केही दिन अगाडि वीर अस्पतालमा भर्ना भएको कलाकार निर्मल शर्मा ‘गैडा’ले जानकारी दिए ।
दम रोगका लागि अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका भट्टराइको मुटु, फोक्सो तथा मृगौलामा समेत समस्या देखिएको छ ।
‘जुङ्गे’ भट्टराइको नामबाट फिल्म क्षेत्रमा चर्चित उनी कला निर्देशकको अलवा बेशभुषा समेत हेर्ने गर्दछन् । राम्रो कलाकार समेत रहेका भट्टराई ४ दशकदेखि फिल्म क्षेत्रमा आवद्ध छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ