प्रचण्ड–माधवको निर्देशन : माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन !
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने भएको छ । सो पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकले आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने कार्ययोजनासहितको निर्णय गरेको छ ।
बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको ठहर गर्दै आन्दोलनलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताएका छन् ।
अध्यक्षद्धयले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले यसमा कुनै दुविधा नरहेको पनि बताएका छन् ।
सम्बोधनका क्रममा अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनैपनि तानाशाही कदमको सशक्त प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको संघर्ष समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले रातोपाटीलाई जानकारी दिए ।
गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि त्यसको सवैतिरबाट विरोध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?