
मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका ४ घर भई हाल तारकेश्वर नगरपालिका-८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरेर प्रदेश ३-०२-००८ प ७८७२ नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा उनलाई पक्रेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३९०२९०१२ प ६८३६ खुल्न आएको छ ।
महाशाखाले उक्त मोटरसाईकलसहित चोरीमा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ