मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कफी पिउँदा क्यान्सरको खतरा १२% कम हुने, २० % तौल कम पनिः थाहा पाउनुहोस् अन्य फाइदा

बिहीबार, १५ माघ २०७७, ०९ : ५८
बिहीबार, १५ माघ २०७७

कफीको नाम सुन्नेबित्तिकै धेरैलाई कफीको तल्तल् लाग्न सक्ला । एक अध्ययनका अनुसार कफी रुचाउनेहरुले एक दिनमा कम्तीमा ३ देखि पाँच कपसम्म कफी पिउने गर्छन् । कफी स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि काम लाग्ने चिज हो । अमेरिकाको नेशनल क्यानसर स्कूलकी अनुसन्धाता एरिका लफ्टफिल्डले कफीको विषयमा अध्ययन गरेकी छिन् । उनका अनुसार यदि २४ घण्टामा ४ देखि ५ कप अर्थात् ४ सय मिलिग्राम कफी पिउने हो भने यसका थुप्रै फाइदा छन् । 

कफीले क्यान्सरको खतरा कम गराउँछः

अनुसन्धाताले अमेरिका, युरोप र जापानका विभिन्न स्थानमा १६ शोध गरेका छन् । यसमा १० लाख व्यक्तिलाई समावेश गरियो । यसमा ५७ हजार यस्ता मानिसहरु थिए जो क्यान्सरबाट ग्रस्त थिए । अनुसन्धानकर्ताले बढी कफी पिउनेहरुको कम कफी पिउनेहरुसँग तुलना गर्न धेरै कफी पिउनेहरुमा क्यान्सरको खतरा १२ प्रतिशतसम्म कम भएको पाए । उनीहरुको २० प्रतिशतसम्म तौल पनि कम भयो । 

सन् २०१५ मा कफीलाई स्वस्थ खानाको हिस्सा मानिएको थियोः

– वर्षौंदेखि मानिसहरु यो मान्दै आएका छन् कि कफी क्यान्सरको कारण बन्न सक्छ । तर सन् २०१५ मा अमेरिकी एड्भाइजरी कमेटीले डाइटको विषयमा गाइडलाइन बनायो जसमा पहिलो पटक कफीलाई साधारण प्रयोगको स्वस्थ डाइटको हिस्सा मानिएको थियो । त्यसपछि मानिसहरुको सोचमा परिवर्तन आयो । 

– सन् २०१७ मा बेलायती मेडिकल जर्नलले कफीको साधारण प्रयोगले फाइदा बढी र हानी कम हुने भन्दै लेख्यो । जर्नलका लेखकले २०० अध्ययनको रिभ्यू गरेपछि सामान्य रुपमा कफी पिउनेहरुको मुटुरोगको खतरा कम हुने बतायो । 

गर्भवती महिलाका लागि ठिक छैन कफीः

– अमेरिकी स्वास्थ्य संस्थाले कफीको हानीबारे पनि अध्ययन गरिरहेको छ । अहिलेसम्म यसको हानीबारे जे जति कुरा गरिएका छन्, ती सबै अनुमानको भरमा गरिएका हुन् । धेरै कफी पिउँदा स्वास्थ्यमा कस्ता हानी हुन्छन्, यसबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी छैन ।

– ती महिला जो आमा बन्न लागेका छन्, उनीहरुका लागि कफी हानिकारक हुनसक्छन् । यो कुरा थुप्रै अध्ययनले पुष्टि गरिसकेको छ । कफीको प्रयोगले शरीरमा क्याफिनको मात्रा बढ्ने गर्छ जुन गर्भमा भएको बच्चाका लागि सही मानिँदैन ।

कुन कफी कति फाइदाजनक ?

– तपाईं कस्तो कफी बनाउनुहुन्छ, डार्क वा हल्का ? कफी बिन्सलाई पिसेर वा साधारण ? यी तरिकाले कफीको स्वादमा फरक पर्छ । तर अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटमा सिनियर रिसर्चर नियल फ्रिडम्यानका अनुसार कफी बनाउने तरिकाले पनि यसले पुर्याउने फाइदा पनि फरक पर्छ । कति फरक पर्छ, त्यसबारे अध्ययन जारी छ । 

– फ्रिडम्यान उदाहरण दिँदै बताउँछन् कि धेरैजसो मानिसहरु कफी बिन्सलाई भुटेर कफी बनाउँछन् जसले कफीबाट क्लोरोजेनिक एसिडको मात्रा कम गर्ने गर्छ । एस्प्रेसो कफीमा पानीको मात्रा निकै कम प्रयोग गरिएको हुन्छ जसका कारण त्यसमा कफीको कम्पाउन्डको मात्रा निकै बढी हुन्छ । 


दिनमा ५ कपभन्दा बढी कफी पिउनुका ६ फाइदाः

– प्रोस्टेट क्यान्सरको जोखिम ९ प्रतिशतसम्म कम हुन्छ

– एड्भान्स क्यान्सरको रिस्क १२ प्रतिशत कम हुन्छ

– अन्य घातक रोगको जोखिम १६ प्रतिशतसम्म कम हुन्छ 

– तौल कम गर्न २० प्रतिशतसम्म प्रभावकारी

– कफीले कोलेस्ट्रोल पनि कम गर्छ

४ देखि ५ कप कफी पिउनुका फाइदाः

– टाइप वान डायबिटिजको खतरा कम हुन्छ

– शरीरमा पोलिफेनल बढी बन्छ

– रोग प्रतिरोधी क्षमता बढ्छ

– कलेजो स्वस्थ रहन्छ

दिनमा एक कप कफी पिउनुका चार फाइदाः

– शरीरमा ग्लूकोजको मात्रा बढ्छ

– मुटुरोगको खतरा कम हुन्छ

– डिएनए बलियो हुन्छ

– स्ट्रोकको खतरा कम हुन्छ 

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप