ad
केन्द्रीय संस्करण

आगामी तीन दिनको मौसम पूर्वानुमान

person explore access_timeमाघ १५, २०७७ chat_bubble_outline0

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

शनिबार प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.