शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुछारमा रहेको टोलीसँग युनाइटेड स्तब्ध

बिहीबार, १५ माघ २०७७, ०८ : २८
बिहीबार, १५ माघ २०७७

इङ्लिस प्रिमियर लिगको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग उपाधि होडमा रहेको म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदान ओल्ड ट्राफोडमा पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा युनाइटेड १–२ गोल अन्तरले पराजित बनेको हो ।

निकै निरश खेल प्रदर्शन गरेको युनाइटेड खेलको २३ औँ मिनेटमा केइन ब्राइनको गोलले पछि परेको थियो । तर, दोस्रो हाफमा ह्यारी मग्वायरले युनाइटेडका लागि बराबरी गोल फर्काउँदै टालीका लागि आशा जगाए । त्यसको १६ मिनेटपछि नै ओलिभर ब्रुकले गोल गर्दै सेफिल्डलाई तीन अंक दिलाए ।

यो सिजन सात पटक गोलले पछि परेको उल्टाउँदै जीत हासिल गर्न सफल युनाइटेड यो खेलमा भने हार ब्यहोर्न बाध्य बन्यो । २० खेलबाट ४० अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । सेफिल्ड भने सिजनको मात्र दोस्रो जीतसहित लिगको पुछारमा रहेको छ ।

बुधबार नै भएको अन्य खेलमा नयाँ म्यानेजर थोमास टुचेलको नेतृत्वमा रहेको चेल्सी वुल्भ्ससँग गोलरहीत बराबरी खेल्न बाध्य बन्यो । त्यस्तै, तेस्रो स्थानमा लेस्टरले एभर्टनसँग १–१ को बराबरीमा चित्त बुझायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप