शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधुमेहका बिरामीले जाडो मौसममा नखानुहोस् यी ७ खानेकुरा, थाहा पाउनुस् स्वास्थ्यका लागि कति खतरनाक

बिहीबार, १५ माघ २०७७, ०७ : ५०
बिहीबार, १५ माघ २०७७

चिसो मौसमम ब्लड सुगरलाई नियन्त्रणमा राख्नु एउटा ठूलो चुनौती हुने गर्छ । मधुमेहका बिरामीका लागि त यो मौसम थप हानिकारक हुनसक्छ । विज्ञका अनुसार चिसो मौसममा केही खान नखाने हो भने तपाईं रगतमा सुगरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । आउनुहोस्, चिसो मौसममा कुन कुरालाई आफ्नो खानामा समावेश नगर्दा ब्लड सुगर नियन्त्रणमा रहन्छ । 

तारेको वा मसालेदार खानेकुराः

यो मौसममा तारेको र मसालेदार खानेकुराबाट टाढै रहनुपर्छ । चिसो मौसममा हाम्रो पाचन प्रणाली पनि कमजोर हुन्छ त्यसैले शरीरले यस्ता प्रकारका खानेकुरा पचाउन सक्दैन । मधुमेहका बिरामीले त झन् यस्ता कुराबाट थप सावधान रहनुपर्छ । 

सुन्तलाः

भिटामिन–सीले भरपूर सुन्तला हाम्रो प्रतिरोधी क्षमताका लागि राम्रो मानिन्छ । तर सुन्तलामा पनि सुगर अत्यधिक मात्रा हुन्छ जुन मधुमेहका रोगीका लागि सही होइन । त्यसैले चिसो मौसममा यसको सेवनबाट बच्नुहोस् । विशेषगरी बजारमा पाइने प्याकेटबन्द सुन्तला जुसको सेवन त फिटिक्कै नगर्नुहोस् । 

बोसोयुक्त मासुः

मधुमेहका रोगीले चिसो मौसममा बोसोयुक्त मासु नखानुहोस् । यसमा भएको बोसो तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुनसक्छ । यसका साथै रातो मासुबाट पनि टाढै बस्नुहोस् । वैज्ञानिकले रातो मासुले शरीरमा हुने हानीको विषयमा पहिले पनि चेतावनी दिइसकेका छन् । 

डीप फ्राईः

चिसो मौसममा डिप फ्राईयुक्त खानेकुराबाट बच्नुहोस् । यसमा हुने अनस्याचुरेटेड फ्याट तपाईंको स्वास्थ्यका लागि फिटिक्कै राम्रो होइन । चिप्स, पकौडा, फ्रेन्च फ्राईलगायतका डिप फ्राई गरिएका सबै खानेकुरा खानबाट बच्नुहोस् । 

मादक पदार्थः

इन्सुलिन लिने बिरामीमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । त्यसैले उनीहरुले मादक पदार्थको सेवन गर्नु हुँदैन । रक्सीले तपाईंको शरीरलाई सामान्य व्यक्तिको तुलनामा बढी हानी गर्छ । 

सोडा वा अत्यधिक चिनीजन्य खानाः

यस्ता कुनै पनि खानेकुरा वा पेय पदार्थको सेवन नगर्नुहोस् जसमा सोडा वा चिनीको मात्रा अत्यधिक हुन्छ । बजारमा पाइने क्यान सुप, जूस वा प्याकेट बन्द खानेकुरामा यसको सम्भावना बढी हुन्छ । त्यसैले यी खानेकुराबाट दूरी बनाउनुहोस् ।

महः

मह कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसले तत्काल ऊर्जा दिन्छ तर मधुमेहका रोगीले चिसो मौसममा यो खानबाट बच्नुपर्छ । बजारमा पाइने मिसावटी महबाट पनि सावधान हुनुहोस् र डाक्टरको सल्लाहपछि मात्रै यसको सेवन गर्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप