
चिनी उद्योगी राकेश अग्रवाल त्रिपुरेश्वरबाट पक्राउ

काठमाडौं । चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा छ ।
उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएका उनलाई आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने एसएसपी सिंहले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ