बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जाको सीतादेवी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन

बुधबार, १४ माघ २०७७, २१ : ५२
बुधबार, १४ माघ २०७७

काठमाडौं । स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । 

कालिगण्डकी–१ काराकोटस्थित सीतादेवी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । 

स्थानीयले बुधवार बिहानबाट आगो सल्किएको बताएका छन् । तर, प्रहरीले साँझ ७ बजे खबर पाएको थियो । 

आगलागीको सुचना पाएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बस्तिबाट टाढा आगलागी भएको र स्थानीयको सहयोगमा प्रहरीले डिमार्केशन लाइन बनाइरहेको एसपी बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप