शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपन्न दलितलाई न्यानो कपडा

बुधबार, १४ माघ २०७७, २१ : ४४
बुधबार, १४ माघ २०७७

सिरहा । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सिरहाको गोलबजार ३ जमदहमा न्यानो कम्वल वितरण गरेको छ । स्थानीयतहसँगको समन्वयमा एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट प्रात कम्वल एक सय ९० जना दलित विपन्नलाई वितरण गरेको हो ।

एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट ४ सय ९० थान न्यानो कम्वल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कणेलले जनाए । जसमध्ये एक सय ९० थान गोलबजार ३ का दलित विपन्न परिवारलाई वितरण गरीएको छ । 

पछिल्लो केही दिनदेखि लागातार लागेको कुहिरो र शितलहरका कारण जनजीवन प्रभावित भएकोले जिल्ला विपद व्यवस्थापन समिति सक्रिय रहेको बताए । समितिले जिल्लाको १७ वटै स्थानीय तहलाई कार्ययोजना बनाएर पठाएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

उनले जिल्ला विपद व्यवस्थापन समितिले हुनेले नहुनेलाई सहयोग गर्ने गरी सर्वसाधारणसँग पनि अनुरोध गरिरहेको जनाए । उनले सोही अनुसार जिल्लाका विभिन्न स्थानहरुमा व्यक्ति, संस्था तथा स्थानीय तहहरुले शितलहर प्रभावितहरुलाई न्यानो कपडा सहयोग गरिरहेको बताए । 

बाल बालिका, वृद्ध विद्धा, अपाङ्ता भएका व्यक्तिहरु, विपन्न सुत्केरी महिला, विरामीहरु प्रभावित भएका छन् । त्यसलाई रेसपोन्स गर्ने काम पनि संगसँगै भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । 

वितरण कार्यक्रममा वडा अध्यक्ष धनप्रसाद लामा, एनआईसी एसीया विकास बैंकका गोलबजार शाखाका प्रमुख प्रदिप साहको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप