
कृषिमा प्रत्यक्ष विदेशी लगानीको निर्णय खारेजीको माग

काठमाडौं । कृषिमा विदेशी लगानी संघर्ष समितिले नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडी सडकमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विभिन्न एसोसिएसन, संघ, संगठन र महासंघको एक्वेवद्धता जनाएका थियो । प्रदर्शनमा ४० वटा भन्दा बढि संघहरुबाट प्रतिनिधिहरु भेला भई आ–आफ्नो विचार राखेका थिए ।
सभामा संयोजक शिवराम केसीले विदेशी लगानी आउनु भनेको देशको दुर्भाग्य भएको बताए । देशको अर्थतन्त्र खस्किनेका साथै स्वरोजगार भएका किसानहरु, उद्योगी व्यवसायीहरुको समेत रोजीरोटी खोसिने उनको भनाइ थियो ।
यस्तै सबै एसोसिएसन तथा संघ महासंघका प्रतिनिधिहरु पनि नेपालमा विदेशी लगानी भित्रिँदा समग्र किसान, उद्योगी व्यवसायी र अन्य धेरै क्षेत्रमा असर पर्ने, स्वदेशी उत्पादन प्रयोग नहुने, देशको अर्थ व्यवस्था धारासायी हुने र स्वरोजगार किसानहरु बेरोजगार हुने बताएका थिए ।
साथै राजनीतिक तालमेल नमिलेको समयमा समेत किन यसरी लुकाई छिपाई विदेशी लगानी ल्याउनु पर्ने हो भन्ने उनीहरुको प्रश्न थियो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मिति २०७७ पौष ५ को मन्त्रि परिषदको बैठकले अनुुसूचि संशोधन गरी कृषिका प्राथमिक उत्पादन क्षेत्रमा प्रत्येक्ष विदेशी लगानी गर्न सकिने नियमावली समेत बनाएको छ ।
नेपाली भूमिहिन,सिमान्त, कृषि श्रमिक,महिला र सानाकिसानहरु, कृषिउपज, उत्पादक र उद्यमीलाई बिर्सेर कृषिमा विदेशी लगानी ल्याउने निर्णय किसान र उद्योगीमारा हुनुको साथै देशको हित विपरीत भएको उनीहरुको दाबी छ ।
वर्तमान अवस्थामा कृषिको प्राथामिक तहमा कुनै पनि शर्तमा विदेशी लगानी आउँदा ठूलो जनसंख्याको आर्यश्रोत गुम्ने खतरा भएकोले कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय अविलम्ब फिर्ता लिन नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ