शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा २०८ जनाले लगाए कोरोना विरुद्धको खोप

बुधबार, १४ माघ २०७७, २१ : ०६
बुधबार, १४ माघ २०७७

दाङ । दाङमा बुधबार २०८ जनाले कोरोना खोप लगाएका छन् । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी,सरसफाइकर्मी, राष्ट्रसेवकलगायतलाई खोप दिइएको हो । राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

अहिले घोराही र तुलसीपुरबाट खोप प्रदान गरिएको भएपनि केही दिनपछि लमहीमा पनि खोप प्रदान गरिने उनको भनाई छ । दाङमा ६ हजार डोज खोप आएको छ ।  जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा। सागर पन्थी र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहले खोप लगाएर उद्घाटन गरेका हुन् ।

दाङमा १० दिनसम्म खोप सञ्चालन हुनेछ । वुधबारदेखि अन्य पालिकाहरुमा पनि खोप सेवा सञ्चालन हुनेछ । एक व्यक्तिलाई दुई पटक खोप दिईने भएकाले २८ दिन पछि पुनः दोस्रो चरणको खोप दिईने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । साथै दाङमा पहिलो चरणमा तीन हजार बढीलाई कोरोना खोप लगाइने उनको भनाइ छ ।

पहिलो चरणमा खोप लगाएकाहरुले खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो चरणको खोेप लगाउन पर्ने हुन्छ ।  खोप लगाउन पाउँदा आफूहरु खुसी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका फार्मेसी प्रमुख सुलभ अधिकारीले बताए ।भारत सरकारले नेपाल सरकारलाई १० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप