
११ वर्षपछि काँकडभिट्टा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

काठमाडौं । निर्माण सम्पन्न भएको ११ वर्षपछि नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत् ट्रान्स नेपाल फ्रेट सर्भिस प्रा. लि. लाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी दिइएको हो ।
सो कम्पनीले ५ वर्षको सञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ ।
उक्त बोलपत्र प्रक्रियामा ५ वटा कम्पनीले सहभागिता जनाएका थिए । जसमा विराटनगरको ट्रान्स नेपालका अतिरिक्त काठमाडौंको एटलस एलाइड जेभी, काठमाडौंकै नेपाल ट्रान्जिट एण्ड वायरहाउजिङ कम्पनी, वीरगञ्जको प्रिस्टाइन भ्याली ड्राइपोर्ट जेभी र कोलकत्ताको अपना हाइवे जेभी सहभागी थिए ।
यो बन्दरगाह नेपाल र बंगलादेशबीचको व्यापारका लागि सबैभन्दा नजिकको बन्दरगाह हो । एशियाली विकास बैंकको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको उक्त बन्दरगाह सन् २०१० देखि सञ्चालनमा छ ।
हालसम्म पटक पटक प्रयास भएर पनि सञ्चालक कम्पनी छनौट हुन नसकेपछि सुरुदेखि नै यो ड्राइपोर्ट सञ्चालनको जिम्मा समिति आफैंले गर्दै आएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ