
नक्कली बिल प्रयोग गरेर १ अर्ब कर छली, लेखापरीक्षक विरुद्ध समेत मुद्दा

काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी कर छली गरेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्दा चलाएको हो । ९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्दा चलाएको हो ।
विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका कर सहयोगी र लेखापरीक्षकविरुद्ध समेत मुद्दा चलाएको छ । सो कर छलीमा कर सहयोगीहरु गंगाप्रसाद भट्टराई रमेश घिमिरे र तोयानाथ अधिकारी तथा लेखा परीक्षकहरु सुरेन्द्र कुमार इङ्गनाम, टंक राउत, दीपक निरौला र दीपक कोइराला विरुद्ध मुद्दा चलाएको हो ।
सो मुद्दामा भ्याटतर्फ ३४ करोड, आयकरतर्फ ६५ करोड र लाभांश करतर्फ ५ करोड रुपैयाँ कर छली भएको विभागको दाबी छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ