बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठमेलबाट पेस्तोलसहित एक जना पक्राउ

बुधबार, १४ माघ २०७७, १९ : ३९
बुधबार, १४ माघ २०७७

काठमाडौँ । काठमाडौँको ठमेलस्थित गल्कोपाखाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । 

सिन्धुपाल्चोक भोटेचौर वडा नं ३ घर भई पेस्सीकोला टाउनिङमा बस्दै आएका कृष्ण चौँलागाईलाई प्रहरीले पक्राउ गरेको हो । 

२८ वर्षीय कृष्णलाई महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । 

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप