बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा अवैध सुनसहित एक महिला पक्राउ

बुधबार, १४ माघ २०७७, १९ : ३३
बुधबार, १४ माघ २०७७

डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–६ सलेनाबाट प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका–६ सलेनाकी काली भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार स्थानीय काली भुलका छोराले भारतबाट चोरी गरी ल्याएको सुन लुकाइछिपाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा एक किलो १०० ग्राम सुन तथा रु १७ लाखभन्दा बढी रकम प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका भुललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने– “सुन र रकम ल्याउने व्यक्ति फरार छन्, घरमा भएकी आमा काली भुललाई अनुसन्धानका लागि ल्याएको छौँ, विस्तृत असनुन्धान शुरु भएको छ ।”  सुन अन्य व्यक्तिले पनि बाडेर लगेको भन्ने सुन्नमा आएपछि प्रहरीले अन्य व्यक्तिलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप