प्रधानमन्त्री कप क्रिकेटः एपीएफ फाइनलमा प्रवेश
काठमाडौं । साविक विजेता नेपाल पुलिसको चुनौतिलाई समाप्त पार्दै एपीएफ राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थिति त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो ।
उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो । पुलिसका लागि पर्वन सरार्फले सर्वाधिक ४० रनको योगदान गर्दा, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए ।
पुलिसलाई सस्तैमा समेट्न भुवन काकीले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २÷२ विकेट लिए आ–आफ्नो नाममा लेखाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।
सुरुआती ब्याट्सम्यानले गतिलो स्कोर नगरे पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गरेका थिए । एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन जोड्दा, भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए । सुवास खकुरेल र कमल ऐरीले समान १९÷१९ रन बनाए । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिए । बुधबारको जितसँगै एपिएफ जारी प्रतियोगितामा अपराजित रहँदै अन्तिम दुईमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख पाउने छ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड