बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

बुधबार, १४ माघ २०७७, १९ : १८
बुधबार, १४ माघ २०७७

काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप