शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्रन्टलाइनका योद्धा’लाई भनिएको खोपमा मन्त्रीको हस्तक्षेप

बुधबार, १४ माघ २०७७, १८ : ५०
बुधबार, १४ माघ २०७७

जनकपुर । सरकारले ‘फ्रन्टलाइनका योद्धा’ लाई भन्दै बुधबार कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिने योद्धाका लागि पहिलो चरणको खोप अभियान सुरु गरिएको हो । प्रदेश २ मा भने उक्त मापदण्डविपरीत कोरोनाविरुद्धको खोपमा मन्त्रीले नै हस्तक्षेप गरेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बुधबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधाममा खोप अभियान सुरु गर्दै मन्त्री यादवले खोप लगाए । उनले कोरोनाविरुद्धको खोप लगाउन मानिस हिचकिचाउने गरेको, अनेक भ्रम रहेको भन्दै ती भ्रम र विभिन्न आशंकालाई चिर्न आफूले खोप लगाएको बताए । तर संघीय राजधानी काठमाडौंसहित अन्य प्रदेशमा भने स्वास्थ्यकर्मीले खोप लगाएर अभियान सुरु गरेका छन् । प्रदेश २ बाहेक कतै पनि राजनीतिकर्मीले खोप लगाएको समाचार प्रकाशमा आएको छैन ।

स्वास्थ्य तथा जनसंख्याले कोरोनाभाइरस विरुद्धको खोपका लागि प्राथमिकता निर्धारण गर्दै पहिलो प्राथमिकतामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई राखेको छ ।

यस्तै, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी (पालिकाद्वारा नियुक्त), एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु, कोभिड–१९ रोगबाट मृत्र्यु ाष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, ७५ वर्षमाथिका भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तरजेष्ठ नागरिकलाई पनि पहिलो प्राथमिकतामा राखिएको छ । 

कानुन मन्त्री यादवले खोप लगाएपछि प्रादेशिक अस्पताल जनकपुरधामका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोरोना विरुद्धको खोप लगाएका थिए । त्यसपछि क्रमशः अन्य स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुले खोप लगाए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा खोप अभियान सुरुवात गरे भने सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीको राजविराजमा अभियान सुरु गरेका थिए । राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुनप्रसाद सिंहले यो खोप सबैभन्दा उत्कृष्ट रहेको जिकिर गर्दै कुनै प्रकारको आशंका नगर्न आग्रह गरे ।  प्रदेश २ मा बुधबार ७ सय ३३ जनालाई खोप दिएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप