शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना हुने (भिडियो)

बुधबार, १४ माघ २०७७, १७ : २३
बुधबार, १४ माघ २०७७

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याव नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याव स्थापना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गरी संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आउँदो तीन महिना भित्रमा जेम्स ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने बताए ।

अहिले नेपालमा डायमण्ड परीक्षण गर्ने ल्याब नहुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ । त्यसैले संघले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताए । प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पुर्याउने विश्वास संघले लिएको छ ।

यसबाहेक डायमण्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने भएको छ । यस्तै संघले जेम्स एण्ड ज्वेलरी क्षेत्रलाई निर्यातमुलक उद्योगका रुपमा विकास गर्न र सोही अनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजीकरण गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप