राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर
राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो ।
भिडियो कन्फरेन्स मार्फत सदस्य दातृ मुलुकहरुसँगको अन्तक्र्रियामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा सन् २०२० मा प्राप्त भएको रकम समेत ३९ वटा दातृ मुलुकबाट ४३ करोड ९० लाख मात्र प्रतिबद्धता व्यक्त भएको उल्लेख छ ।
शान्ति कोषबाट साहेल, मध्य एसिया, मध्य अमेरिका र बाल्कन क्षेत्र समेतका ५१ मुलुकमा विगत तीन वर्षदेखि शान्ति अभियान सञ्चालन भइरहेका छन् । यी कार्यक्रमका लागि तीन वर्षमा ३५ करोड ६० लाख खर्च भइसकेको छ । सन् २००६ मा स्थापित राष्ट्रसंघीय शान्ति निर्माण कोषका प्रमुख मार्क–आन्द्रे फ्रान्चले सन् २०२० देखि २०२४ सम्मका पाँच वर्षका लागि डेढ अर्ब डलर परिचालन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
फ्रान्चका अनुसार ३४ वटा मुलुकले कोषमा रकम दिएका छन् तर त्यसमध्ये ६० प्रतिशतभन्दा बढी रकम जर्मनी, स्वीडेन र बेलायतले उपलब्ध गराएका छन् । जर्मन विदेश मन्त्री हेको मासले आगामी दुई वर्षमा जर्मनीले कम्तीमा ६ करोड ८ लाख उपलब्ध गराउने बताए । राष्ट्रसंघका लागि फ्रान्सेली राजदूत निकोलास डी रिभियेराले आफ्नो मुलुकले ४५ लाख डलर योगदान गर्ने जानकारी गराएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता