शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियन सुनसरीद्वारा सञ्चारकर्मीको स्वास्थ्य बीमा

बुधबार, १४ माघ २०७७, १५ : ३८
बुधबार, १४ माघ २०७७

नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बीमा गरेको हो । गत पुस २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बीच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने उल्लेख थियो । 

बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बीमा गरिएको हो । 

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले दुर्घटना बीमा गरेको बताए । सम्झौता २ सय ६० जना सञ्चारकर्मिको बिमा गर्ने भएपनि काागजात माग गर्दा धेरै संख्यामा सञ्चारकर्मीहरुले आबेदन गरेपनि ३ सय १४ जनाको मात्रै बिमा  गरिएको अध्यक्ष अधिकारीले बताए । सम्झौता भन्दा माथि गरिएका बिमित सञ्चारकर्मिहरुले पैसा भने पे्रस युयियन सुुनसरीले तिरेको अधिकारीले बताए । 

प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले दुर्घटना बीमाले पत्रकारिताप्रतिको आकर्षण बढाउने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप