शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप

बुधबार, १४ माघ २०७७, १५ : ०५
बुधबार, १४ माघ २०७७

रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् ।  यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।

मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही आएलगत्तै भैरहवा विमानस्थालमा प्रेस मिट गरेका पौडेलले बुधबार बिहानैबाट यहाँका पुल तथा सडक शिलान्यास गरेका छन् ।

पौडेलले बुधबारमात्रै बुटवल उपमहानगरपालिका भित्रका तीनवटा पक्की पुलको उद्घाटन गर्न भ्याएका छन् । उनले बुधबार तिनाउ नदीमा निर्माण गरिएका देवीनगर पुल तथा बुटवल र तिलोत्तमा नगरपालिकाको सीमाक्षेत्र मगरघाट पुलसँगै दानव नदीमा निर्माण गरिएको नयांँ गाउँ पुलको  उद्घाटन गरेका हुन् ।

०७३ साल साउन ११ गते तिनाउ नदीमा आएको बाढीले देवीनगरस्थित हात्तिसुढदेखि बुद्धनगर जोड्ने झोलुङगे पुल बगाएपछि पक्की पुल निर्माण शुरु गरिएको थियो । सडक डिभिजन कार्यालय बुटवलले निर्माण गरेको यो पुल निर्माण सम्पन्न २०७६ माघ ५ गते नै भएर प्रयोगमा आइसकेको हो । तर,प्रचण्ड माधव पक्षले विरोधसभा गर्नुभन्दा ठिक एक दिनअघि मन्त्री पौडेल उद्घाटन गर्न आइपुगेका हुन् ।

त्यस्तै तिनाउ नदीमा रहेको मगरघाट पुल पनि २०७६ माघ २८ गते नै सम्पन्न भई प्रयोगमा आइसकेको छ । त्यसैगरी नयाँ गाउँस्थित दानव नदीको पुल २०६९ असार २४ गते शुरु भएर २०७६ भदौ ३० गते सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप