कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेशन शुल्कमा १०० फिर्ता
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।
उक्त योजना अन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन “कुमारी स्मार्टमा” रजिष्ट्रर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेशन शुल्कमा रु. १०० फिर्ता पाउनेछन् ।
सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेशन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।
सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ ।
सो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डो¥याउने बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश