बर्षाले छोडिन् ‘सुदुर’
काठमाडौंँ । अभिनेत्री वर्षा सिवाकोटी फिल्म छाड्ने मामलामा अन्य अभिनेत्रीभन्दा अगाडि छिन् । उनी कागजी सम्झौता भएका फिल्म पनि छोड्ने गर्दछिन् ।
यस्तैमा बर्षा अहिले पनि ‘सुदुर’ नामको फिल्म छाडेकी छन् । रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको करिब डेढ बर्ष अगाडि अनुबन्धित भएकी उनले अहिले आएर यो फिल्म छाडेकी हुन् । आफुले नभ्याउने भन्दै बर्षाले फिल्म छाडेको निर्माण युनिटले जनाएको छ ।
आफ्नो फिल्म ‘सुदुर’बर्षाले छाडेको निर्देशक रमेश बुढाथोकीले पुष्टि गरे । ‘फिल्म बैशाखमा छायाँकन गर्ने तयारी भइरहेको छ’ रमेशले भने ‘बर्षाले बैशाखमा नभ्याउने कारण देखाएर फिल्म छाडेकी छन् ।’ अभिनयलगायत अन्य क्षेत्रमा पनि उनी आवद्ध भएकोले बर्षाले फिल्म छाडेको हुनसक्ने रमेशले अनुमान लगाए ।
बर्षाले फिल्म छाडेपनि निर्माणका लागि अन्य आन्तरिक तयारी भने भइरहेको छ । जुम्लामा छायाँकन हुने फिल्मको पुरै टिम भने छायाँकन पहिलेको कार्यक्रममा सार्वजनिक गर्ने निर्देशक बुढाथोकीको योजना रहेको छ । केही समय फिल्म निर्देशनबाट बाहिर रहेका बुढाथोकी यो फिल्मबाट निर्देशनमा फर्किन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते