बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

बुधबार, १४ माघ २०७७, ०८ : ५६
बुधबार, १४ माघ २०७७

वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको हो ।

सिटीको जीतमा इल्के गुन्डोगानले दुई, जोआओ क्यान्सेलो, रियाद महारेज र राहिम स्टर्लिङले एक–एक गोल गरे । जीतसँगै सिटी यो सिजन पहिलोपटक शीर्ष स्थानमा पुगेको छ ।

लगातार सात जीत हासिल गरेपछि १९ खेलबाट सिटीको ४१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेडको ४० अंक रहेको छ ।

मंगलबार नै भएको अन्य खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले साउथह्याम्टनमाथि ३–१ को जीत हासिल गरेको छ ।

स्टुवार्ट अर्मस्ट्रङगले साउथह्याम्टनलाई खेलको शुरुवातमा नै अग्रता दिलाएका थिए । तर, निकोलास पेपे, बुकायो साका र अलेक्सान्डर लाकाजेटले गोल गर्दै आर्सनलको पुनरागमन पुरा गरे । जीतपछि आर्सनल लिगको आठौँ स्थानमा उक्लिएको छ ।

अन्य खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ ले हरायो भने लिड्सले न्यूक्यासललाई २–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप