शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शरीरमा क्याल्सियमको कमी पूरा गर्नका लागि यी पाँच खानेकुरालाई खानामा समावेश गर्नुहोस्

बुधबार, १४ माघ २०७७, ०७ : २३
बुधबार, १४ माघ २०७७

किवीमा ६० मिलिग्राम क्याल्सियम पाइन्छ । तपाईंलाई मनपर्छ भने किवीको जुस पनि पिउन सक्नुहुन्छ । यदि तपाईंलाई क्याल्सियम खानु छ र दुग्धजन्य पदार्थसँग तपाईंलाई एलर्जी छ भने यो गुलियो–अमिलो फल तपाईंलाई मन पर्नेछ । तपाईं किवीलाई सलादको रुपमा पनि समावेश गर्न सक्नुहुन्छ । किवी खाँदा प्लेटिलेट्स पनि बढ्छ । जसको प्लेटिलेट्स कम हुन थाल्छ, डाक्टरले उनीहरुलाई किवी खान सल्लाह दिन्छन् । 

हरियो पत्तेदार सागसब्जीः

यदि तपाईंले दैनिक बिहान १ कचौरा हरियो पत्तेदार सागसब्जी खानुहुन्छ भने तपाईंले १०० मिलिग्राम क्याल्सियम पाउनुहुन्छ । यो मौसममा बन्दागोभी, मूला, मेथीको सागजस्ता हरियो सागसब्जी पाइन्छ, यी खानेकुरा खाएर तपाईं क्याल्सियमको कमी पूरा गर्न सक्नुहुन्छ । यदि तपाईंको बच्चाले हरियो सागसब्जी खाँदैनन् भने उनीहरुलाई स्यान्डविच वा बर्गरमा धेरै प्रकारको तरकारी हालेर खुवाउन सक्नुहुन्छ । हरियो सागसब्जीमा आइरनको अत्यधिक मात्रा हुन्छ त्यसैले तपाईं आफ्नो कमजोरी टाढा राख्नका लागि यस्ता खानेकुरा खान सक्नुहुन्छ । 

ब्रोकलीः

धेरै मानिसहरुलाई ब्रोकली मन पर्दैन । यदि तपाईंलाई दुग्धजन्य पदार्थसँग एलर्जी छ भने यो तरकारी तपाईंका लागि फाइदाजनक छ । यसमा क्याल्सियमको भरपुर मात्रा हुन्छ । क्याल्सियमबाहेक ब्रोकलीमा आइरन, भिटामिन ए, सीजस्ता पोषक तत्व पनि पाइन्छ । क्याल्सियमको कमीले तनाव बढ्ने गर्छ तर ब्रोकलीमा फोलेटको राम्रो मात्रा पाइन्छ जसका कारण यो तपाईंको मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक छ । 

पालुङ्गोः

पालुङ्गो खाँदा हड्डी बलियो हुन्छ । यो खाँदा हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । पालुङ्गोमा भिटामिन के, फोलेट, बिटा क्यारोटिनजस्ता पोषक तत्व पाइन्छ । पालुङ्गो आँखाका लागि पनि राम्रो मानिन्छ । यसले आँखाको ज्योति निकै राम्रो बनाउँछ । यसमा नाइट्रेटको मात्रा पाइन्छ जसले रक्तचाप नियन्त्रणमा रहन्छ र मुटुरोग पनि टाढा राख्छ । पालुङ्गोको तरकारी कम मसलामा तयार गरिन्छ । यदि तपाईंलाई प्रोटिन खानु छ भने पालुङ्गोलाई सलादको रुपमा पनि खान सक्नुहुन्छ । पालुङ्गोले प्रतिरोधी क्षमता पनि बढाउँछ । 

सुन्तलाः

यदि तपाईं दुध वा दुग्धजन्य उत्पादन खान चाहनुहुन्नँ भने तपाईं सुन्तला खान सक्नुहुन्छ । सुन्तलामा अन्य फलफूलको तुलनामा क्याल्सियमको राम्रो मात्रा पाइन्छ । यसमा भिटामिन ए, बी, पोटासियमजस्ता तत्व पाइन्छ । सुन्तला खाँदा तपाईंको अपचको समस्या पनि टाढा रहन्छ । यदि तपाईंको पेट दुख्छ वा ग्यासको समस्या छ भने सुन्तलाको सेवन गर्नुहोस् । सुन्तलामा भएको क्याल्सियमले दाँतलाई पनि स्वस्थ राख्छ । हड्डीको रोगमा पनि डाक्टरले सुन्तला खाने सल्लाह दिन्छन् । सुन्तलामा भएका भिटामिनले हड्डीलाई कमजोर हुन दिँदैन । सुन्तला खाँदा त्यसको रेसा भने नफाल्नुहोस् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप