शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय किसानहरु जब प्रहरीको फलामे बार तोडेर दिल्लीको लालकिल्ला प्रवेश गरे...

बुधबार, १४ माघ २०७७, ०० : ३०
बुधबार, १४ माघ २०७७

एजेन्सी । मंगलबार भारतमा ७२ औं गणतन्त्र दिवस समारोह चलिरहँदा महिनौदेखि प्रदर्शनमा उत्रिएका किसानहरुले ट्रयाक्टरसहित प्रदर्शन गरे । ट्रयाक्टर प्रदर्शनमा उत्रिएका किसानहरुलाई प्रहरीले रोक्न खोज्यो । सोही क्रममा किसानहरुले प्रहरी दमनका विरुद्धमा प्रतिरोध गरे र प्रहरीको घेरा (फलामे बार) तोडेर दिल्लीस्थित लालकिल्लामा प्रवेश गरे । सिंहु सीमाबाट आएका किसानहरुले प्रहरीको घेरो तोडेर लालकिल्ला प्रवेश गरेको भिडियो अहिले सामाजिक सञ्जाल र भारतीय मिडियाहरुमा भाइरल भैरहेको छ । 

हिंसात्मक भीडले तैनाथ गरिएका प्रहरीमाथि लाठी प्रहार गरेका थिए । दर्जनौ प्रहरी घेराबारबाट तल खसेको देखिन्थो । धेरै प्रहरी र सेनाका जवानहरु समेत आफ्नो ज्यान बचाउन नजिकैको खाडलमा पसेका थिए । घटनामा कम्तिमा ४१ ज्ना प्रहरी घाइते भएका छन् । अपरान्ह २ बजे किसानहरु लालकिल्लाको मेन गेटमा घुसेका थिए ।

तोडफोड गर्दै लालकिल्ला छिरेका किसानहरुले आफ्ना झण्डाहरु गाडेका थिए । उक्त स्थानमा (लालकिल्ला) प्रत्येक वर्ष १५ अगष्टका भारतीय प्रधानमन्त्रीले झण्डा फहराउने गर्छन् ।  ९० मिनेटसम्म चलेको झडपपछि प्रहरीले किसानहरुमाथि लाठी चार्ज गरेर बाहिर निकालेको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप