शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेपालमा यसरी मनाइयो भारतको ७२ औं गणतन्त्र दिवस, तस्विरमा हेर्नुहोस्

मङ्गलबार, १३ माघ २०७७, २३ : १९
मङ्गलबार, १३ माघ २०७७

काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका छन् ।  त्यसपश्चात उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाए ।

दूतावसमा आयोजित कार्यक्रममा राजदूत क्वात्राले वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको छ ।

दिवसको अवसरमा राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए ।

सो समारोहमा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले Sampark-India-Nepal Alumni Network का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरे । समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो ।  भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पु-याएको योगदानलाई कदर गर्दै सम्मान पनि गरिएको गरियो ।

त्यस्तै, भारतीय राजदूतावासद्वारा आयोजित Maitri Through My Lens’  फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप