शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

मङ्गलबार, १३ माघ २०७७, २२ : २८
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ ।

पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो । 

प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड¬–१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड–१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ ।

बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए । प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप