ad
केन्द्रीय संस्करण

राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन जरुरी : मुख्यमन्त्री पोखरेल

person explore access_timeमाघ १३, २०७७ chat_bubble_outline1
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी शुरु गरिएको बताएका छन् ।

नेकपा ओली पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको प्रदेशस्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको उल्लेख गरे ।

नयाँ नक्साकै कारण आजको सङ्कट आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताए । उनले राष्ट्रियताको रक्षाका लागि पनि प्रधानमन्त्रीको पक्षमा उभिन आवश्यक छ भने ।

मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गरे । अख्तियारलाई खाली राख्ने प्रचण्डको षड्यन्त्र सफल नहुँदा विवाद सिर्जना भएको बताउँदै अब नियुक्तिपछि काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले अहिलेको राजनीतिक सङ्कट नयाँ पुस्ताका लागि अवसर भएको बताउँदै राजनीतिक परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको धारणा राखे ।

भेलामा पूर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल–नेपाल पक्षका कारण संसद् विघटन गर्नुपर्ने स्थितिमा पुगेको बताए । गलत पात्रलाई नेतृत्वमा पु¥याउँदा सरकार र पार्टी सङ्कटमा परेको उनको भनाइ छ । दाहाल–नेपाल पक्षको पदीय स्वार्थले गर्दा समस्या उत्पन्न भएको बताउँदै उहाँले अधिकारवादीका नाममा केही तत्व प्रधानमन्त्री तथा सरकारलाई बदनाम गराउन लागिपरेको उल्लेख गरे ।

बुटवलको राजमार्ग चौराहबाट विशाल ¥याली निकालिएको थियो । ¥याली उपमहानगरका विभिन्न स्थान हुँदै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा पुगेर भेलामा परिणत भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 27, 2021, 11:20 a.m. Sushil sharma
    This is bitter truth. No one is strongly and logically speak about nation and Its border so far. Oli is the person who speak about nation and say about lost land in border.In this situation everyone need to support oli. We may have many political parties but need to be one in the context of foreign policy and nation’s main issues like other countries do. Oli not only say about nation but he also tries to recover every sectors of nation.It is in the beginning phase after constitution made and it is not small job. Constitution is new itself and it need to grow up with everyone support and it needs to change according to time and demand of people.we need to look reasons behind why Oli dismiss parliament rather blame him.One of the way establish parliament without election is by congress as they are major party on the basis of last election in the context of NCP is divided, which also save election cost and time.Next best option is election. Third option is reunite of CPN but it is almost impossible as there so many conflicts and they are divided already unofficially.
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.