लागू औषध सहित वीरेन्द्रनगरमा एक युवा पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । २८० ग्राम ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगर –४ का २५ वर्षीय सरोज पन्त पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १२ गते सोमबार राती १२ः३० बजेको समयमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर १० बुलबुले गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।
राती शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा फेलापारी शरीर खानतलासी गर्दा उनले लगाएको चेष्ट गार्डको अगाडीको खल्ती र साथमा भएको मोवाईल कभर भित्र लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ ५ पुडिया फेलापारी रितपुर्वक बरामद गरेको प्रहरीले जनाएको छ ।
सो लागुपदार्थ नापतौल गर्दा प्लाष्टिक सहित ५७० मिलि ग्राम र प्लाष्टिक बाहेक शुद्ध नापतौल गर्दा २८० मि.ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र उनकै साथमा लुकाई छिपाई राखेको विभिन्न दरको नोट २ लाख ४३ हजार ४० रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउपछि सरोज पन्तलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ