शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

मङ्गलबार, १३ माघ २०७७, २१ : ००
मङ्गलबार, १३ माघ २०७७

सुर्खेत  । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

‘हामीलाई साँझ  ६ बजेमात्र जानकारी आएको हो,’ उनले रातोपाटीलाई भने, ‘अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।’  उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । 
आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ । 

भट्टराईका अनुसार कसरी आगलागी भयो र के कति धनमाल क्षति भयो भन्ने प्रस्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप